फिल्म ‘हल्कारा’ को फर्स्टलुक सार्वजनिक

साउन २१,काठमाडौं –  सोसल ड्रामा फिल्म ‘हल्कारा’ को छायांकन सकिएको छ । फिल्मको निर्माण टिमले फिल्म ‘हल्कारा’ को फर्स्टलुक पोस्टर समेत सार्वजनिक गरेको छ । पृथक शैलिमा पोस्टर सार्वजनिक गरिएको देखिन्छ ।

सार्वजनिक गरिएको फिल्मको पोस्टरले समाजको गहन विषयलाई उठाएको अनुमान गर्न सकिन्छ । नेपालको दुर्गम गाउँहरूमा चिठ्ठी र्पुयाउने जिम्मेवारी पाएको एक युवकको कथामा आधारित रहेको छ ।

फिल्मलाई निर्देशक विक्रम सापकोटाले निर्देशन गरेका हुन् । फिल्मको कथा समेत लेखेका उनलाई निर्देशनमा बराल र विप्लव प्रतिकले सघाएका छन् ।

विक्रम र रामकृष्ण पोखरेलले संयुक्त रुपमा फिल्मको निर्माण गरेका छन् ।
फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

निर्माण टिमले सार्वजनिक गरेका पोस्टरमा प्रदर्शन मिति भने तोकेको छैन ।

फिल्मको प्रदर्शनका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भइरहेको र केही दिनमा टुंगो लाग्ने निर्देशक सापकोटाले बताएका छन् ।