तिजको मुखैमा भेटिएको गहना कस्को होला ?

साउन २०,काठमाडौं—हरितालिका तिज नजिकिए संगै दिदी वहिनीहरु गरगहनाको व्यवस्था गर्न जुटिरहेका छन । त्यो कुन चेली होलिन् जसले आफ्नो हातको गहना गुमाएकी छिन ?

को होलिन ? कहाँकी होलीन ? आफ्नो मंगलसुत्र, हार, चन्द्रमा र औठी जस्ता श्री सम्पत्ति नै यसरी हराउदा कसरी मन थाम्न सकेकी होलिन ? त्यो पिडा हामीले अनुमान मात्र गर्न सक्छौ ।

गत साउन १२ गते भृकुटी मण्डपको खुल्लावजारमा, क्षेत्र नम्वर ७ स्थित स्टल नम्वर ६७ को कपडा पसलमा, किनमेल गर्न आएकी महिला ग्राहकले एउटा सानो थैलो विर्सेर गईन् ।

कपडा मिलाउदै गर्दा त्यो थैलो पसलेले फेला पारे । फुकाएर हेर्दा थैलो सुनका गहनाले भरिएको देखे । सुनको थैलो विर्सेर गएकी महिला फर्केर लिन आउलिन भनेर कुरिरहे ।

तर वहुमुल्य गहनाको खोजनीति गर्न अहिलेसम्म कोही नआएपछि पसलेले आफ्नो व्यवसायीक संस्था काठमाडौ निम्न व्यावसायी संघको कार्यालय भृकुटी मण्डपमा बुझाएका छन् ।

गहना हराउने महिला आफ्नो हो भनेर खुलेको प्रमाण सहित लिन आउन संघका उपाध्यक्ष गोविन्द कुमार पौडेलले अनुरोध गरेका छन् ।
साथै ंउनले आवश्यक जानकारी लिन सम्पर्क नम्वर २३०५४४, ९८४१४२३४३५ र ९८५१०१४८६२ उपलब्ध गराएका छन् ।

video : Ravii Vitrakoti