मुख्यमन्त्री गुरूङ बेलायत भ्रमणमा जादैं

साउन २०, काठमाडौं — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ बेलायत भ्रमणमा जाने भएका छन् । तमुधिं युकेले गर्न लागेको नेपाली मेलामा सहभागि हुन गुरूङ बेलायत जाने भएका हुन् ।

प्रदेशको मन्त्रिपरिषदको बैठकले भदौ ७ गतेदेखि हुने मुख्यमन्त्रीको भ्रमण कार्यक्रमलाई स्वीकृत दिएको हो । उनको सम्पुर्ण खर्च आयोजकले नै ब्योहोर्ने बताइएको छ ।