अमेरिकाको टेक्सासस्थित सिलो भिस्टामल नजिकै गोली चल्दा २० को मृत्यू, २६ घाईते

साउन १९, काठमाडौं – अमेरिका र मेक्सिकोको सिमा नजिकमा गोली चल्दा २० जनाको मृत्य भएको विविसीले जनाएको छ । २६ जना भएका छन् ।

अमेरिकाको टेक्सासस्थित सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा अन्धाधुन्ध गोली चल्दा २० जनाको मृत्यु भएको हो भने २६ जना घाइते भएका हुन् । मृत्य हुनेहरुको नाम नखुलेको विविसीले बताएको छ ।

मेक्सिकोका राष्ट्रपति म्यानुअल लोपेज ओबराडोरले भने उत्त घटनामा परि आफ्ना ३ जना नागरिकले ज्यान गुमाएको जनाएको छ । साथै उनले ६ नागरिक गोली प्रहारबाट घाइते भएको रोयटर्सलाई उल्लेख गरेका छन् ।

डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका अज्ञात व्यक्तिले एसल्ट राइफलको माध्यमबाट गोली प्रहार भएको दृश्य सहितको सीसीटीभी फुटेज अमेरिकी सञ्चारमाध्यमहरूमा प्रसारण भएका छन् ।

टेक्सास राज्यका गभर्नर जर्ज एबोटले पनि गोली चलेको प्रमाणित गर्दै इतिहासकै सबैभन्दा भयानक घटना भएको जनाएका छन् ।

घटनामा संलग्न शशंकित २१ वर्षीय प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएको र प्रारम्भिक अनुसन्धानबाट उनी दल्लासका भएको प्रहरीले जनाएको छ ।

अमेरिकाको क्यालिफोर्नियाको फुड फेस्टिबलमा एक साताअघि एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा ३ जनाले ज्यान गुमाएका थिए ।

https://www.bbc.com/news/world-us-canada-49221936