दोलखमा बाढी पहिरोमा परी २ जना वेपत्ता, १५ घरमा क्षति

साउन १८, काठमाडौं – दोलखाको गौरीशंकर गाउँपालिका–१ को झगरेमा पहिरोले घर बगाउदा २ जना हराईरहेका छन् ।

निरन्तरको वर्षाले बाढी पहिरो गएपछि घर पुरिदा २ जना हराउनुका साथै १५ घरमा क्षति पुगेको छ । गौरीशंकर गाउँपालिका–१ को झगरेमा बस्तीमाथिबाट भिषण पहिरो खसेको थियो ।

पहिरोमा परी हराउने गौरीशंकर गाउँपालिका–१ को झगरेका ५६ वर्षीय जगतबहादुर खत्री रहेको नेपाल प्रहरीका डीएसपी मानबहादुर राईले बताए ।

त्यस्तै, जुगुखोलाको नदीमा खसेको वसका यात्रुको उद्धारमा लागी परेका १९ वर्षीय निशान खड्का पनि वाढीले बगाएर हराइरहेका छन् । तर डीएसपी राईका अनुसार नदीमा खसेको बसका यात्रुहरु सकुशल उद्धार गरिएका छन् ।

दोलखास्थित कार्यरत नेपाल प्रहरीका डीएसपी राईले जोखिममा परेका बस्तीका समुदायलाई सुरक्षित स्थानमा स्थानन्तरण गरिएको बताए ।

उनले घटनास्थलमा थप प्रहरी पठाएर राहत वितरण कार्यलाई थप सहज बनाएको पनि जानकारी गराए ।