भारतमा मस्लिम पुरुषले तीन तलाक भन्दै सम्बन्ध विच्छेद गर्न पाउने अधिकार समाप्त

साउन १५ — भारतीय लोकसभाबाट पारित मुस्लिम समुदायको तीन तलाक सम्बन्धी कानुन व्यवस्था खारेज गर्न बनेको मुस्लिम महिला (विवाह अधिकार संरक्षण) विधेयक २०१९ के राज्यसभाबाट मंगलवार पारित भएको छ ।

राष्ट्रपतिबाट यो विधियक प्रमाणित भएपछि लागू हुनेछ । भारतमा मस्लिम पुरुषले तीन पटक तलाक तलाक तलाक भनेपछि श्रीमतीसँग सम्बन्ध विच्छेद हुने कानुन थियो । अव यो कानुन अनुसार मुस्लिम पुरुषको विशेषधिकार समाप्त भएको छ ।

हिन्दु वा अन्य समुदायले जस्तै अदालती प्रक्रियाबाट मात्र मुस्लिम पुरुषले सम्बन्ध विच्छेद गर्न पाउने भएका छन् । राज्यसभामा मंगलवार विधेयकका सम्बन्धमा भएको मतदानमा पारित गर्ने पक्षमा ९९ र विपक्षमा ८४ मत परेको थियो ।

विधियेक पारित भएपछि सत्तापक्ष उत्साहित भएका छन् । केही मुस्लिम नेताले भने विधेयकको आलोचना गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै मुस्लिम महिला सशक्तिकरण अभियान भनेका छन् ।

विधेयक पारित भएपछि मुस्लिम महिला उत्साहित भएका छन् । कयौँ स्थानमा मुस्लिम महिलाले खुसियाली मनाएका छन् ।

एजेन्सी