राजनीतिक घटनाक्रमको समिक्षाका लागि राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

साउन १३, काठमाडौं — मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा गर्नका लागि आज राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बस्ने बैठकमा राजनीतिक घटनाक्रमको समिक्षाका साथसाथै गत असारमा बसेको बैठकले घोषणा गरेको‘२०७६ लाई संगठन निर्माण वर्ष’ विस्तृत कार्ययोजना तयार पारिने बताइएको छ ।