छाउपडी अन्त्यका लागि गाउँपालिकाको अभियान — नबस्ने महिलालाई प्रोत्साहन रकम

साउन १३, काठमाडौं — परम्परा र रुढीबादी संस्कार छाउपडी प्रथा अन्त्य गर्नका लागि अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।
छाउपडी अन्त्य गर्नका लागि स्थानीय सरकार पनि सक्रिय हुदै गएको छ ।

यसै क्रममा डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्नो गाउँपालिकाले महिनावारी नबार्ने महिलाहरुका लागि प्रोत्साहन रकमको कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँगै बस्ने महिलालाई तीन हजारदेखि पाँच हजार सम्म पुरस्कार दिने नीति पारित गरेको छ ।

छाउपडी प्रथाका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि आफूहरुले छाउपडी अन्त्यका लागि नयाँ योजना ल्याएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताएका छन् ।