शुक्रबार हलमा दुई नेपाली फिल्म ‘सुपर गोर्खे’ र ‘एकलव्य’ रिलिज हुदैँ

साउन १०, काठमाडौ— हरेक हप्ताको शुक्रबार हलमा नँया फिल्म रिलिज हुने गर्छन् । आज शुक्रबारका दिन दुई नेपाली फिल्मका साथ बलिउड अभिनेत्री कंगना रनावतको ’जजमेन्टल है क्या’ एक आपसमा भिडन्त गर्दै प्रदर्शनमा आएको छ । ‘नाई नभन्नु ल’ बाट सुखद डेब्यू गरेकी अभिनेत्री ऋचा सिंह ठकुरीको नयाँ फिल्म ‘सुपर गोर्खे’ प्रदर्शनमा आएको हो ।

फिल्ममा अभिनेत्री ऋचा सिंह ठकुरी, अभिनेता सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भूपेन्द्र क्षेत्र, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट, मनोज राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्म राज थापाले निर्देशन गरेका छन् । इश्वरी सिंह ठकुरी, रामकृष्ण, सुदिपजंग थापाको संयुक्त लगानीमा फिल्मको निर्माण गरिएको हो । बनिष शाह र सालिक दुलालको सम्पादन रहेको यस फिल्मलाई सौरभ लामाले छायांकन गरेका हुन् ।

साथै, अहिलेका जल्दा बल्दा समस्याहरु जस्तै गुण्डाहरुको व्यवहार, अपहरण, हत्या, भ्रष्टाचार तथा पारिवारिक प्रेमकथालाई समेटेर फिल्म ’एकलव्य’ पनि प्रदर्शनमा आएको छ ।
अनमोल शर्माले निर्देशन ‘एकलव्य’मा अभिनेता सोनाम थापा मगर, मोडल सन्ध्या भट्टराई, शुष्मा कार्की, राजेन्द्र दुलाल, महिला सिलवाल, पुष्कर राउत, ओसिन भट्टराई, शुशिल पोखरेल तथा बिराग लोगुन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस फिल्मबाट नव(अभिनेता सोनामले डेब्यु गरेका छन् । राजेन्द्र दुलाल, सोनाम थापा मगर र अभी थापा मगरको संयुक्त लगानीमा यो फिल्मको निर्माण गरिएको हो । अर्जुन जिसीको सम्पादन रहेको यस फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको छ भने फिल्मको गीतमा संगीत राजेन्द्र बजगाईंले भरेका छन् । फिल्मलाई कृष्ण श्रेष्ठले छायांकन गरेका हुन् । कुन फिल्मले बक्सअफिसमा कस्तो सफलता हासिल गर्छ त्यो हेर्न बाँकी छ ।