काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

साउन ९, काठमाडौं — मुलुकभर आएको बाढी, पहिरोका कारण स्थगित काँग्रेसको केन्द्रीय कार्यसमति बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

बैठकमा नयाँ विधान अनुसार पार्टीको अन्तरिक संरचना निर्माणका सम्बन्धमा छलफल हुने बताइएको छ ।

साथै पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा पनि छलफल हुने छ ।