बोक्रासहितको आलु पोषिलो, पत्थरीका रोगीको लागि आलु लाभदायी

साउन ३, काठमाडौं —  प्रायः धेरैको भान्सामा आलु प्रयोग हुने गर्छ । आलु मन नपर्ने कम नै होला । जुन सुकै तरकारीसंग आलु मिसाएर पकाउन मिल्छ । त्यसैले यसलाई तरकारीको राज पनि मानिन्छ ।

हाम्रो शरीरको लागि अती आवश्यक थुप्रै पौष्टिक तत्व आलुमा पाइन्छ । आलुमा क्याल्सियम, फलाम, भिटामिन बी र फस्फोरस जस्ता तत्वहरु पाइन्छ । त्यस कारण आलुलाई पूर्ण आहारा भनिन्छ । आलु खाने व्यक्तिहरू रोगव्याधिसँग भिड्ने शक्ति बढ्ने तथ्य स्पेनका अनुसन्धानकर्ताहरूले आफनो खोजमा पत्ता लगाएका छन् ।

विश्वभरि नै तरकारीको रूपमा आलु अत्याधिक मात्रमा प्रयोग हुने गर्छ । आलुलाई सदावहार तरकारीको दर्जा दिएको छ । यतिमात्र होइन यसमा औषधीय गुण पनि उतिकै हुन्छ ।

वैज्ञानिकहरूले आलुको बोक्रामा पोषक तत्व हुने हुँदा तास्न नहुने बताउँछन् । आलुलाई उमाले पछि बाँकी रहेको पानीमा पनि भिटामिन हुने भएकोले त्यसलाई फयाँक्नुको सट्टा साग–तरकारी वा दालमा मिसाएर खानुपर्ने उनीहरुको भनाई छ ।

पत्थरीका रोगीको लागि आलु सेवन लाभदायी मानिन्छ ।

आलुमा यि तत्वहरु पाइन्छः

०.१५ ग्राम फ्याट

० ग्राम कोलस्टोर

२१ . ०८ ग्राम कार्बोहाइड्रेट

०.६४ मिलिग्राम आइरन

२.१० मिलिग्राम प्रोटिन

२.६ मिलिग्राम भिटामीन सी

२२.९ प्रतिशत कार्बोहाइड्रेट,

७४.७ प्रतिशत पानी,

०.०१ प्रतिशत क्याल्सियम,

०.०३ प्रतिशत फस्फोरस पाइन्छ ।