मान्छेका पेटबाट सियोदेखि ब्लेडसम्मका सामान निकालियो

साउन २,एजेन्सी — छिमेकी राष्ट्र भारतको मध्य प्रदेशमा एक स्थानीयको पेटबाट विभिन्न प्रकार चिजहरु निकालिएको छ । मध्ये प्रदेशको छतरपुर इशानगरका ३० वर्षीय योगेश यादबको पेटबाट प्लास्टिकको पेन, बोरा सिलाउन प्रयोग गरिने सियो, ब्लेड, फलामको काँटी, लेदरमा विभिन्न सामानलगाएत ३३ प्रकारका सामग्रीहरु निकालिएको हो ।

यादब दुई दिन पहिले अत्याधिक पेट दुखेपछि उनी नजिकैको डाक्टरकोमा पुगेका थिए ।
डाक्टरले बिरामीको पेटको एक्सरे गराए । त्यसपछि अपरेशन गर्नुपर्ने आवश्यक देखियो । अपरेशन गर्ने क्रममा उनको पेटबाट विभिन्न ३३ प्रकारका अखाध्य पदार्थ निकालियो ।

परिवारको भनाइ अनुसार योगेशको टाउको दुखिरहने समस्या थियो । उनको जे पायो त्यही उठाएर खाने नराम्रो बानी थियो । त्यसरीले उनको पेटमा फलाम र प्लाष्टिकका विभिन्न सामान थुप्रिएपछि उनको पेट दुख्न सुरु गरेको थियो ।

अपरेशनपछि योगशको स्वास्थ्यावस्था पहिले भन्दा धेरै सुधार भएको बताइएको छ । अहिले डाक्टरहरुले योगेशलाई केही दिनसम्म आफ्नै निगरानीमा राख्ने फैसला गरेका छन् ।