किन सक्दैनन् महिलाहरू कुरा आफैँमा मात्र सिमित राख्न

साउन १ — महिलाहरुले केहि कुराहरु आफैँमा मात्र सिमित राख्न सक्दैनन् । यदि केहि दिन सम्म उनीहरुले केहि कुरा लुकाएर बसे पनि उनीहरुलाई उक्त कुरा कसलाई सुनाउ कसलाई सुनाउ हुने गर्छ । यसरी कुरा लुकाएकोमा उनीहरुलाई एक प्रकारको बोझ जस्तै अनुभव गर्न थाल्छन् । अनि कोही न कोही आफ्नो मिल्ने कसैलाई वा साथी भन्ने गर्छन् ।
महिलाहरु पुरुषको तुलनामा धेरै इमोशनल हुने गर्छन् । उनीहरु छिट्टै अरुलाई विश्वास गर्ने प्रवृतिका हुन्छन् । उनीहरु पुरुषको तुलनामा भन्दा पनि धेरै अगाडी आफ्नो मनको भावाना पोख्ने गर्छन् । त्यहि भएर पनि उनीहरुले अरुलाई छिट्टै विश्वास गरेर आफ्नो कुराहरु वा आफुले अरुबाट सुनेका कुराहरु सजिलै अरुलाई भन्ने गर्छन् । यि तथ्यहरु विभिन्न अनुशन्धानबाट पत्ता लागेको छ ।

तुलनात्मक रुपमा महिलाहरुमा अलि बढी उत्सुक हुने गर्छ । उनीहरु अरुको गोप्य कुराहरु जान्ने इच्छा राख्छन् । आफ्नो आफन्त, छिमेकी लगायतका आफ्ना आसपासका मानिसहरुको सानो भन्दा सानो कुरामा पनि निकै चासो राख्ने गर्छन् । कुनै पनि नयाँ कुरा थाहा पाउँदा त्यसलाई आफैँमा सिमित राखेर बस्न उनीहरुलाई बोझ हुनथाल्छ । कसैलाई नै कसैलाई नभनी धेरै समयसम्म बस्दा उनीहरुमा उक्त कुरा बोझ बन्न थाल्छ ।

त्यसैले महिलाहरुलाई सजिलै इमोशनल बनाएर कुनै पनि कुरा उनीहरुको मुखबाट फुत्काउन सकिन्छ । कहिले काहि यसको फाईदा अरुले उठाउने गर्छन् ।
यसरी एक आपसमा गरिएको कुरा फैलिदै जादा कुराहरु मिसिएर अर्कै अर्थ समेत लाग्ने गर्छ । यसले कसैको घर तथा सम्बन्ध समेत बिगार्न सक्छ । यो कुराको फाइदा धेरैले उठाउने गरेको पाइन्छ । त्यस कारण बिचार पुर्यार विश्वासनीय नजिकको मान्छेसँग कुराको खोलौ ।