कमल र मेलिनाको ‘एनी प्रोब्लेम’लाई रुचाए दर्शकले

साउन १, काठमाडौं —गायक कमल रसाइली र गायिका मेलिना राइको आवाजमा समावेश ‘एनी प्रोब्लेम’ बोलको गीतको म्यूजिक भिडियालाई धेरै दर्शकहरुले रुचाएका छन्। पछिल्लो हप्ता सार्वजनिक गरिएको यो गीतले केहि फरक स्वाद दिएका कारण अहिले चर्चा कमाउन सफल सावित भएको छ ।

गीतमा टेकु क्षेत्रीको शब्द, हरि लम्सालको संगीत छ । गीतलाई गायक कमल र मेलिनाले डान्सिङ नम्बरमा तयार पारेका छन् । यो गीतको भिडियोलाइ दि कार्टुन क्रुले तयार पारेको हो ।

भिडियोमा कार्टुन क्रुको टिमलाई नै देख्न सकिन्छ । भिडियोलाई आश्मा विश्वकर्मा र सुविन चौहानले कोरियोग्राफी गरेका हुन् । यस्तै, भिडियोको निर्देशक सरोज अधिकारी हुन् ।

यसैविच, यो भिडियोको टिमले कभर भिडियो प्रतिस्पर्धा समेत आयोजना गरेको छ । सेप्टेम्बर ३ सम्म भिडियो तयार पारेर पठाउन सकिनेछ । नोभेम्बर १५ मा कभर भिडियोको नतिजा सार्वजनिक गरिने बताइएको छ । विजेताले ५० हजार नगद र दि कार्टुन क्रु जुनियरसँग नयाँ भिडियोमा नृत्य गर्न पाउने बताइएको छ ।