मन्त्री लालबाबु पण्डित विरुद्ध कालोझण्डा

असार २७, काठमाडौं —संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई लक्षित गरि आदिवासी जनजाति युवा विद्यार्थीले नारावाजी सहित कालोझण्डा देखाएका छन ।

आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रमस्थलमै पसेर लोकसेवा आयोगको विज्ञापन खारेज गर भन्दै कालो झण्डा देखाएका हुन ।

मन्त्री पण्डित शुक्रबार बिहानै जावालाखेलमा आयोजित आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको बैठकको अध्यक्षता गर्न पुगेका वेला उनलाई कार्यक्रमस्थलमै पर्दशनकारीले होहल्ला गरेका हुन ।

युवा विद्यार्थीले कार्यक्रम स्थलर्म गई विभिन्न नारा सहित होहल्ला गरे पछि वैठक स्थगित भएको छ । मन्त्रीलाई उनका अंगरक्षकले जोगाएर फर्काएका छन ।