कपुर एक अचूक औषधि, यसको प्रयोगले अनेकौ फाईदा

असार २७, काठमाडौं — पूजापाठको लागी धेरैले प्रयोग गर्ने कपुरको प्रयोग औषधिको रुपमा पनि गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसलाई सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बिरामीको उपचार सजिलै गर्न सकिन्छ ।

दमको रोगीलाई यो अचूक औषधि साबित हुनेछ । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।
सूठो, पिप्ला र मरिच एक एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक एक गोली दिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।

फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।