फिल्म ‘साइनो’ को अफिसियल ट्रेलर सार्वजनिक

असार २६, काठमाडौं —  नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दले निर्माण गरेको ‘साईनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ट्रेलरबाट फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सजिलै अनुमान गर्न सकिन्छ ।
रमेश थापाको निर्देशनमा बनेको यो फिल्म ‘साईनो’ साउनको २४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्र यसअघि जेठमा रिलिज हुने पक्का थियो । तर, विविध कारणले चलचित्र साउनसम्म सरेको हो ।
मिरुना र नीतासँग राजकुमारको प्रेम र रोमान्सलाई ट्रेलरमा विशेष स्थान दिइएको छ । फिल्ममा नव अभिनेता राजकुमार , अभिनेत्री नीता ढुंगाना र मिरुना मगरको प्रमुख भूमिका छ ।

फिल्मको कथा अभिमन्यू निरवीले तयार पारेका हुन् । अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको बताइन् ।
फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

ट्रेलर :