शिल्पासँग माफी माग्दै छबिराज ओझाले गरे लिखित सम्झौता

असार २६, काठमाडौं —  निर्माता छबिराज ओझा र उनकी पत्नी नायिका शिल्पा पोखरेलबीचको विवाद टुंगिएको छ । महानगरीय प्रहरी परिसर टेकुमा बिहीबार दुवै पक्षका बिच दुई घन्टा लामो छलफलपछि विवाद मिलापत्रमा टुंगिएको हो ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी पनि मागेका थिए ।

दुबैबीच सहमतिपत्रमा हस्ताक्षर भएको प्रवक्ता होबिन्द्र बोगटीले बताए। उनका अनुसार चार दिनअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । शिल्पा छबिले भित्र्याएकी चौथी श्रीमती हुन् ।
पछिल्लो समयमा दुबैबीच हार्दिकतापूर्ण सम्बन्ध नरहेको बताइँदै आएको छ ।