स्वस्तिमाले जितिन् ‘बेस्ट पर्फमेन्स अफ दि इयर’ अवार्ड

असार २३, काठमाडौं — सार्क फिल्म फेस्टिभलमा स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री विधामा स्पेसल जुरी अवार्ड जितेकी छन् । फिल्म ‘बुलबुल’बाट उनी छनौटमा परेकी हुन् ।
स्वस्तिमाले बेस्ट पफरमेन्स अफ दि इयर को अवार्ड हात पार्न सफल भएकी छन् ।
बुलबुल बाट पहिलो अन्तराष्ट्रिय अवार्ड पाए लगत्तै स्वस्तिमाले सामाजिक सञ्जालमा खुसी साटेकी छन् । स्वस्तिमाले ट्रफी उचालेको फोटो फेसबुकमा पोस्ट गर्दै नेपाल यो तिम्रो लागि हो भनि लेखेकी छिन् । विनोद पौडेलद्दारा निर्देशीत फिल्म बुलबुल मा स्वस्तिमाले टेम्पो चालक रणकलाको भूमिका निर्वाह गरेकी छन् ।

सार्क फिल्म फेस्टिभलमा ‘बुलबुल’ र ‘प्रसाद’ प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसैगरी लघु फिल्मबाट टाटिनी र मनोजबाबु पन्तको अवशेष पनि प्रतिस्पर्धामा थिए । यसपटक सार्कमा अर्को नेपाली फिल्म ‘हरि’ गैरप्रतिस्पर्धात्मक विधामा सहभागी थियो । फेस्टिभलमा भाग लिन ‘प्रसाद’ निर्देशक दिनेश राउत र ‘बुलबुल’ की स्वस्तिमा खड्का सहभागी थिए ।