रुपन्देहीमा गोली प्रहार गरी लुटपाट

असार १७, काठमाडौं — रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरी लुटपाट गरेको छ ।
गैडहवा ताल सरसफाइ समितिको ४ लाख ६३ हजार रुपैयाँ रकम गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर फर्किदै गर्दा लुिटएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्म भण्डारीले जानकारी दिए ।
टेम्पो चढेर गैडहवा गाउँपालिका वडा नं ४ अहिरण्डी चोकमा आउदा २ जनाको समूहमा मोटरसाइकलमा आएकाहरूले गोली हानेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट मानवीय क्षति भएको छैन । घटनामा संलग्नको खोजी कार्य तीव्र पारिएको भण्डारीले जानकारी दिए ।