सुजाता खत्रीको राम साइँला’ सार्वजनिक — भिडियो सहित

काठमाडौं — सञ्चारकर्मी  सुजाता खत्रीले आफ्नो पहिलो गीत ’राम साइँला’ मार्फत नेपाली गीत सङ्गीतमा पाइला राखेकी छिन् । मङ्गलवार युट्युबमा ’राम साइँला’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा शब्द रचना बीपी थापाको रहेको छ भने कम्पोजिसन मनोज चौलागाइले गरेका हुन् । साथमा लिरिकल भिडियोको सम्पादन भने प्रभात खनालले गरेका छन्। बि बी थापा इन्टर्टेन्ट्मेन्टले प्रस्तुत गरेको गीत गायिका सुजाताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।