अफगानिस्तानलाई पाकिस्तानविरुद्वको खेल एक मौका

असार १४, काठमाडौं   — इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

सेमिफाइनल यात्रालाई कायमै राख्नका लागि आजको खेल पाकिस्तानले लिड्स मैदानमा एसियाली प्रतिद्वन्दी अफगानिस्तानसंग खेल्न लागेको हो ।
पाकिस्तान ७ खेलबाट ७ अंक सहित छैटौ स्थानमा छ । यसपछि पाकिस्तानले बंगलादेशसंग खेल्नेछ ।

उता ,भारतविरुद्व पछिल्लो खेलमा जित नजिक पुगेर पनि ब्याटिङका कारण अफगास्तिान हारको सामाना गर्नुर्पयो । अफगानिस्तानी टिमसंग राम्रा स्पिनर छन् तर ब्याटिङ गर्ने खेलाडी छैनन् । प्रतियोगितामा अफगानिस्तान जित विहिन छ ।
प्रतियोगिताबाट सुखद विदाई लिने तयारीमा रहेको अफगानिस्तानलाई पाकिस्तानविरुद्वको खेल एक मौका हुन सक्छ ।

एजेन्सी