‘सन्तोषजनक आएन एसईईको नतिजा’

असार १३, काठमाडौं —माध्यमिक तहको परिक्षा एसईई नतिजा आएसंगै सरोकारवालाहरुले नतिजा सन्तोषजनक नभएको टिकाटिप्पणी गरेका छन् ।

शुक्रबार रिपोट{स{ क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै प्याव्सनका सह–अध्यक्ष डिके ढुंगानाले सरकारले मुलुकको शैक्षिक प्रणालीलाई सुधार गने{ गरि कुनै उल्लेख्य काम नै गन{ नसकेको बताएका छन् । उनले भने,‘सरकारले शिक्षा क्षेत्रमा दशकौंदेखि काम गदै{ आएका हामीजस्तो सरोकारवालाहरुको कुरा सुन्नै चाहँदैन । अनि कसरी शिक्षा क्षेत्रको विकास र गुणस्तरीयता कायम हुन्छ ।’

काय{क्रममा राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेपालको मूल नीति राजनीति नै ध्वस्त र विकृत रहेकोले शिक्षाको अवस्था नाजुक रहेको टिप्पणी गरेका छन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका महासचिव तथा जेभियर इन्टरनेशनल कलेजका काय{कारी निदे{शक लोकबहादुर भण्डारीले भने आफूहरुले अनुमान गरेझैं एसईईको नतिजा आएको सुनाए । नतिजालाई लिएर आश्चय{कित हुनुपने{ अवस्था नरहेको उनले जिकिर गरे ।