‘क्लिन फीड’ लागू गरेरै छाड्छौँ ः सरकार

असार १२, काठमाडौं  –    सरकारले ‘क्लिन फीड’ नीति लागू गरेरै छाडिने बताएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो नीति लागू  गरेरै छाड्ने दृढता व्यक्त गरे ।

टेलिभिजन सेवा प्रदायकले क्लिन फीड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउने निर्णय गरेको हो ।

सरकारले नेपालीको कला संस्कृतिको संरक्षण, भाषाको शुद्धता तथा नेपाली कलाकार र विज्ञानपन दाताका हितलाई केन्द्र गर्दै यो नीति लागू गर्न लागिएको बताएको छ ।

पहिलेदेखी नेपालको पत्रकारिता क्षेत्र, मिडिया उद्योग, विज्ञापन व्यवसायीले माग गर्दै आएको नीतिलाई सरकारले लागू गर्न खोजेको भनाई छ ।