खानेपानी मन्त्रीलाई कालो झण्डा देखाउन खोज्दा कञ्चनपुरमा काग्रेंस कार्यकता माथि आक्रमण

असार १०, काठमाडौं — खानेपानी मन्त्री बिना मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस कार्यकर्ता कुटिएका छन् । मन्त्री मगरलाई डोकेबजारमा कालोझण्डा देखाउन खोज्दा नेकपा कार्यकर्ताहरुले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् । उनीहरुको आक्रमणबाट नेपाली कांग्रेस क्षेत्र नम्वर १ का सभापति गोपी प्रसाद उपाध्याय, तरुण दलका नेता राम खड्का, विक्रम चन्द र कृष्णबहादुर चन्द घाइते भएका छन् ।
मन्त्री मगरले जनताको काममा ध्यान नदिएको भन्दै कांग्रेसले केहि घण्टा चक्काजामको कार्यक्रम थियो । तर नेकपा नेताहरुले भने मन्त्री धनगढीमा बसेको खबर सुनेपछि कांग्रेसका कार्यकर्ताले बाटो अवरुद्ध गर्न खोजेको र नेकपाका कार्यकर्ताले बाटो खोल्दा सामान्य विवाद भएको जनाएको छ ।

 

तस्बिरः सामाजिक सञ्जाल