अभिनन्दनको जुँगालाई ’राष्ट्रिय जुँगा’ घोषित गर्न भारतीय कंग्रेसको माग

असार ९,  नयाँ दिल्ली –  भारतीय कांग्रेसका सांसद रंजन चौधरीले अभिननदन वर्धमानको जुँगालाई ’राष्ट्रिय जुँगा’ बनाउन मोदी सरकार समक्ष माग राखेका छन् ।

राष्ट्रपतिको संवोधनबारे लोकसभामा चर्चा चलिरहँदा कांग्रेस सांसद चौधरीले यस्तो अनौठो माग राखेका हुन । साथै उनले भारतीय वायुसेनाका विंग कमाण्डर अभिननदन वर्धमानलाई सम्मानित गर्नुपर्ने माग गदै पुरस्कारको माग गरेका थिए।

उनले भने ’ बालाकोटमा वायु सेनाले जुन स्ट्राइक गरेको छ, त्यसको कंग्रेस समर्थन गर्छ ।’
एजेन्सी