“निभा” को एकल चित्रकला प्रदर्शनी

काठमाडौं — आरजु बज्राचार्य “निभा” को एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रर्दशनीमा उनले दैनिक जीवन, जीवनमा भोगेका सुख र दुखकोक्रम लगायत आफ्नै घर वरिपरिको प्राकृतिक दृश्य देखि लिएर प्राचिन भवन र विभिन्न रमणीय र ऐतिहासिक स्थानमा भ्रमणको बेलामा देखेका दृश्यहरु देखाएकी छन् ।

आफ्नो शौखको रुपमा चित्रकारितामा अगाडी बढ्दै गरेकी उनि प्राकृतिक रंगहरु निलो पहेलो र रातो प्रयोग गरेर नै आफ्ना भावनाहरु चित्र मार्फत ब्यक्त गर्ने बताइन् ।

उच्च शिक्षा अध्ययनरत हुँदा नै बखुंडोलमा रहेको काष्ठमण्डप कला केन्द्रमा चित्रकार एलिना ताम्राकार संग दुई वर्ष कला सिकेकी उनि औपचारिक शिक्षा व्यवस्थापन विषयमा पढेको विद्यार्थी र काम गर्दै गरेकी कलाकार हुन् ।

बादल र खुल्ला आकास उनका प्राय चित्रमा देख्न पाइन्छ ।शनिबारबाट बाट चारदिन सम्म चल्ने प्रदर्शनीमा न्यूनतम रू ३००० देखि रू १२००० सम्मका चित्रहरु रहेका छन् ।