बलिउड अभिनेत्री सारालाई सबैभन्दा जरूरी चीज के हुन्छ ?

 

असार ७, एजेन्सी  –
’केदारनाथ’ र ’सिम्बा’ जस्ता चिर्चित फिल्ममा धमकेदार अभिनय पश्चात कम समयमै बलिउडमा स्थापीत भइन् अभिनेत्री सारा अली खान ।

आफ्नो पढाइ सकेर फिल्मतिर होमिएकी उनी प्रायस् ड्रेसिङ सेन्स र फोटोका कारण चर्चामा रहने गर्छिन् ।

बलिउड अभिनेत्री सारालाई एक प्रश्न सोधिएको थियो( एक कलाकारको हिसाबमा उसका लागि सबैभन्दा जरूरी चीज के हुन्छ ?

उनले भनिन् ’म आफ्नो करियरलाई एक नयाँ च्याप्टर रूपमा लिन्छु । मेरो लागि अभिनयले निकै अर्थ राख्छ । मलाई लाग्छ कि राम्रो काम गर्न र आफ्नो फेमलाई याद राख्नु पनि निकै जरूरी हुन्छ । एउटा चीज मेरो लागि निकै जरूरी हुन्छ, त्यो हो( विश्वास । जुनसुकै फिल्म, स्क्रीप्ट वा निर्देशक त्यसका लागि विश्वास हुनैपर्छ ।’

हाल सारा फिल्म ’लव आज कल २’को शूटिङमा व्यस्त छिन् । सो फिल्म इमतियाज अलीको निर्देशनमा बनिरहेको छ ।