चितवनको माडी–ठोरी सडक अवरुद्ध

असार,७ भरतपुर – बिहानदेखि परेको लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । माडी नगरपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो ।

बिहान साढे ८ बजेदेखि सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन ्। सो खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ। बाढीले पुल निर्माणमा प्रयोग गरिएका तीनवटा जेनेरेटरसमेत पुरेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पानी पर्न नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको उनले बताए । रासस