समितिमा पठाईएका विधेयकहरु महिनौदेखी अलपत्र

असार २, काठमाडौं — समितिमा पठाईएका विधेयकहरु महिनौंदेखि अल्पत्र परेका छन् । संसदीय समितिले नियमित बैठक राख्न नसकेको कारण बनाइएका विधेयहरु अलपत्रमा परेका हुन् ।

दोस्रो अधिवेशनदेखि पठाइएका विधेयक चौंथो अधिवेशनमा पुरा भएका छैनन् । चौंथो अधिवेशनमा मात्रै ११ वटा थप विधेयकहरु संसदीय समितिमा पठाइएको छ ।

प्रतिनिसभाको समितिमा १८ र राष्ट्रियसभा समितिमा ३ विधेयक गरी यतिबेला २१ वटा विधेयकहरु समितिमा छन् ।