आजको खेल वेष्ट इन्डिज र बंगलादेशविच हुदै

असार २, काठमाडौं —आज वेष्ट इन्डिज र बंगलादेशविच विश्वकप क्रिकेट खेल हुदैछ ।

इंग्ल्यान्ड र वेल्समा भईरहेको विश्वकप क्रिकेटमा दिउँसो सबा ३ बजे वेष्ट इन्डिज र बंगलादेशबीच विश्वकप क्रिकेट खेल हुने भएको हो ।

वेष्ट इन्डिजले पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले हराउदै विजयी भएको थियो । दोस्रो खेलमा भने अष्ट्रेलियासँग १५ रनले आफै पराजित हुनु पर्यो । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो खेलमा पानी परेका कारण रद्द भएर अंक बाँडिएको थियो । इंग्ल्यान्डसँग पनि वेष्ट इन्डिज आठ विकेटले पराजित भएको थियो ।

यता पहिलो खेलमै दक्षिण अफ्रिकालाई २१ रनले हराएको बंगलादेशले दोस्रो खेलमा भने न्युजिल्यान्डसँग दुई विकेटले आफै हार्नुपर्योे । त्यस्तै, इंग्ल्यान्डविरुद्धको खेलमा पनि १०६ रनले पराजित भएको बंगलादेश श्रीलंकाविरुद्धको खेलमा वर्षा भएपछि अंक बाँडेको थियो ।