सबैभन्दा रोचक र उत्कृष्ट खेल मानिने पाकिस्तान र भारतबीच प्रतिस्प्रधा हुदै

असार १, काठमाडौं— विश्वकप क्रिकेटमा आज पाकिस्तान र भारतको प्रतिस्प्रधात्मक खेल हुँदैछ । पाकिस्तान र भारतबीचको सबैभन्दा रोचक र उत्कृष्ट खेल मानिने विश्वकप क्रिकेट खेल आज इंग्ल्यान्डको म्यान्चेस्टरमा दिउँसो सबा ३ बजे हुने भएको हो ।

दुवै टिमले आफ्नो पोल्टामा जीत सुनिशिचत गर्ने  दाउमा छन् । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरिसकेकाले तेस्रो जितको सम्भावना खोजिरहेको छ ।

ब्याटिङ, र बलिङ राम्रै भएको पाकिस्तानको फिल्डिङ कमजोर मानिएको कारण आजको खेलमा भारतमाथि जित्नका लागि पाकिस्तानको ब्याटिङ बलिङको साथै फिल्डिङ पनि राम्रो हुन जरुरी मानिएको छ ।

भारत भने तीनै पक्षमा आफूलाई निकै बलियो बनाएको छ । बलिङतर्फ पनि जसप्रित बुमराह, भुवनेश्वर कुमार, युजभिन्द्र चाहाल, हार्दिक पाण्ड्या ब्याटिङको उच्च लयमा भुभिएका छन् ।