विश्वकप क्रिकेट खेलमा श्रीलंकामाथी अष्ट्रेलियाको शानदार जीत

असार १, काठमाडौं— विश्वकप क्रिकेट खेलमा विश्वविजेता अष्ट्रेलियाले श्रीलंकालाई सहजै पछारेको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले हराएको हो ।

३३५ रनको सामना सहित ब्यािटङ गरेको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २४७ रन मात्रै बनाएको थियो ।

कप्तान दिमुख करुनरत्नेले श्रीलंकाका लागि ९७ रन बनाएका थिए ।  कुशलले ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए ।

सुरुवाती उत्कृष्ट ब्याटिङ गरेका श्रीलंकाले १५.३ ओभरमै ११५ रन बनाएको थियो । श्रीलंकाको जित शुनिश्चित हुदाँहुदै पन अन्य खेलाडीका कारण खेलमा चुक्यो । कुशल मेन्डिसले ३६ रन बनाए ।

टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले भने तोकिएको समयमा ५० ओभरमा सात विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । कप्तान आरोन फिन्चको उत्कृष्ट खेल सहित अष्ट्रेलियाका लागि १५३ रन प्राप्त भयो १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्का प्रहार गरे ।