लिची खादा भारतमा ४७ बालबालिकाको मृत्यु

जेठ ३१, काठमाडौं — लिची खाएका कारण उत्तरी भारतमा ४७ जना बालबालिकाको मृत्यु भएको छ ।

बिहारका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार सुक्ष्म इन्सेफ्लाइटिस सिन्ड्रोमका कारण बालबालिकाको ज्यान गएको बताइएको छ ।
रगतमा चिनीको मात्रा कम भएपछि शरीरले फ्याट्टी एसिडलाई पचाएर ग्लुकोज बढाउन थाल्छ । रगतमा चिनी कम हुनुका पछाडी लिचीमा हुने रसायन भूमिका खेलेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

बिरामी बालबालिकाका अभिभावकले छोराछोरी दिनभरी लिचीका रूखमा झुण्डिने र टन्न लिची खाएर आउने भएकाले राति खाना नखाने बताएका थिए। बालबालिकाको मृत्यु भने केही साता अघिदेखि भइरहेको सीएनएनले जनाएको छ ।