पित्तथैलीको अपरेशन गर्दा आन्द्रा छेडिएर रामप्यारी थापाको मृत्यु

जेठ ३०, काठमाडौं— ओम अस्पतालमा पित्तथैलीको अपरेशन गरे पछि सिन्धुपाल्चोककी रामप्यारी थापाको मृत्यु भएको छ ।
विरामीको ६ दिन अघि पित्तथैलीको अपरेसन गर्दा आन्द्रा छेडिएर उनको विहिवार मृत्यु भएको हो ।

५० वर्षीया रामप्यारी गत शुक्रबार हिँड्दै अपरेशनका लागि ओम अस्पताल पुगेकी थिइन् ।

ड्रिल गरेर अपरेशन गर्दा डाक्टरको लापरवाहीले सानो आन्द्रा पनि छेडिदा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।
रामप्यारीलाई मृतक घोषणा गरेसँगै आफन्तले ओम अस्पतालमा नाराबाजी गरेका छन् ।

अस्पताल के भन्छ ?
अस्पतालले पत्रकार सम्मेलन आयोजना गरि आफ्नो वचाउ गरेको । अस्पतालले विरामीको अवस्था जटिल रहेको उनका आफन्तलाई पहिले नै वताएको जनाएको छ ।