१२ प्रतिशतले बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

जेठ, ३० काठमाडौं — सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ ।यातायात व्यवस्था विभागले सबैखाले सवारीसाधनको भाडादर वृद्धि गरेको हो । अहिलेको भाडादरमा १२ प्रतिशत भाडा वृद्धि गरिएको छ ।

त्यस्तै ट्याक्सी भाडा पनि वृद्धि गरिएको छ । अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिर्नु पर्नेछ। त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।

बढेको भाडादर असार १ गतेदेखि लागू हुने जनाएको छ । मन्त्रिपरिषदको गत जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।