शुक्रबार बारामा ग्यास सिलिण्डर पड्किँदा सात जना घाईते

जेठ २५, सिमरा — खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा बारामा सात जना घाईते भएका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ स्थित स्याउली बजारमा नरजमान थिङको घरमा सिडिन्डर पड्किँदा एकै परिवारका दुईसहित सात जना घाइते भएका हुन् ।

शुक्रबार भएको घटनामा ६७ वर्षीय नजरमान थिङ उनकी बुहारी ३२ वर्षीया ज्ञानीमाया थिङ, ३२ वर्षीय बौद्धमान थिङ, ३२ वर्षीय अनिता थिङ, ४८ वर्षीया दिलमाया वाइबा, ५५ वर्षीया साईमाया वाइबा, ३२ वर्षीया दिलमाया वाइबा घाइते भएका छन् ।

सिमरास्थित अल्पाइन अस्पतालमा उपचारत घाइतेमध्ये नजरमानकी बुहारी ज्ञानीमाया र अनिताको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक कलमबहादुर शाहीले बताए

रेगुलेटर जोड्ने क्रममा ग्यास लिक भएको र आगो बाल्दा ग्यास पड्किएको हो ।