जेठ २३, काठमाडौं — अब विधुतीय स्कुटर दर्ता गरेर मात्रै चलाउन पाइने भएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनुपर्ने प्रावधान रहेकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न आग्रह गरेको हो । दर्ता नगरी इलेक्ट्रिक स्कुटर चलाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने भएको छ ।
यातायात व्यवस्था ऐन २०४९ को दफा १४ मा अनिवार्य रुपमा सवारी दर्ता गर्नुपर्ने भनेकाले दर्ता नगरी सञ्चालन गरेको भेटिए ऐनको दफा १६० को उपदफा २ बमोजिम कारबाही गरिने निर्णय भएको सूचनामा उल्लेख छ ।