होस्टेलबाट ल्यापटप र मोबाइल चोरी गर्ने चार जना पक्राउ

जेठ २१, काठमाडौं — उपत्यकाका विभिन्न होस्टेलबाट मोबाइल तथा ल्यापटप चोरी गरेको अभियोगमा ४ जना पक्राउ परेकका छन् । महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले उनिहरुलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका(९ बनगाँउ घर भएका २३ वर्षीय बालकृष्ण चौधरी, काठमाडौं कालोपुल बस्ने सोही ठाउँ घर भएका २३ वर्षीय राजन थापा, काठमाडौं काडाँघारी बस्ने काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका(५ घर भएका २३ वर्षीय शिखर गौतम र काठमाडौं रामहिटी बस्ने उदयपुर रौतामाई गाउँपालिका(१ घर भएका २४ वर्षीय डेबिट भन्ने बिष्णु बहादुर तामाङ रहेको प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीका ल्यापटप ९ थान र मोबाइल ५ थान समेत बरामद गरेको छ ।