कर्मचारीको मनोबल गिराउने काम सरकारबाट हुदैन— लालबाबु पण्डित

जेठ ७, काठमाडौं   — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने बताएका छन् ।

मङ्गलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने बताएका हुन् ।

उनले जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कारबाही गरिने चतावनी समेत दिएका छन् ।