भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु —कुलमान घिसिङ

जेठ ७, काठमाडौं — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।

कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत प्राधिकरण भित्र भ्रष्टाचार सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको स्पष्ट पार्दै आफुले एक पैसा पनि भ्रष्टाचार गरेको पाईए झुण्डिएर मर्ने बताएका हुन् ।

निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भए भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए ।