‘बहुमतको सरकार कसैलाई पचेको छैन ’ —प्रधानमन्त्री

जेठ ३, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतको सरकार कसैलाई नपचेका बताएका छन् ।

शुक्रबार २६ औँ मदन आश्रित स्मृति  सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी बहुमतका साथ सरकारमा छौँ तर बहुमत कतिलाई पचेको छैन । अर्को पटक नेकपाको एकल दुई तिहाइ पुग्छ ।’

पार्टी एकताबारे बौल्दै ओलीले चित्त नदुखाइ फराकिलो मन बनाएर पार्टी एकतालाई मजबुत बनाउनु पर्ने जिकिर गरे । ‘अब केही दिनमा बाँकी काम टुङ्गिन्छन् । हामी महान अभियानमा छौँ । सरकार जनताको चाहना अनुरुप अगाडि बढेको छ,’। उनले भने

प्रधानमन्त्री ओलीले राष्ट्रपतिबाट आएको सम्बोधनमार्फत आएको नीति तथा कार्यक्रममा काँग्रेसले शब्दलाई लिएर अनावाश्यक टिप्पणी गरेको बताए ।