मिडिया काउन्सिल विद्येयक निरंकुश हर्कत – नेता गगन थापा

जेष्ठ २, काठमाडौ – नेपाली कांग्रेसका युवा नेता गगन थापाले मिडिया काउन्सिल विद्येयक प्रेस स्वतन्त्रता विरोधी भएकोले यस विरुद्ध आवाज उठाउनु पर्ने बताउनु भएको छ ।

सरकारले प्रेस स्वतन्त्रता विरोधी विद्येयक ल्याउनु निरंकुश हर्कत प्रर्दशन गर्नु हो भन्दै यसमा पत्रकार मात्रै होइन आम नागरिकले आवाज उठाउनु पर्नेमा नेता थापाले जोड दिनु भयो ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत पार्टीले जाजरकोट क्षेत्र नं २, क्षेत्रीय कार्य समितिले थलहबजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

पूर्व मन्त्री समेत रहेका नेता थापाले दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै गएको आरोप आरोेप समेत लगाउनुभयो ।