सँगै बस्न नमानेको भन्दै श्रीमतीमाथि एसिड प्रहार

जेठ २, काठमाडौं — बुधबार राति कालोपुलमा काभ्रे, धुलिखेलका विष्णु भुजेलले श्रीमती जेनी खड्का माथि एसिड प्रहार गरेका छन् । उनले प्रहरीको बयानमा श्रीमती सँगै बस्न नमानेपछि त्यही रिसमा एसिड हानेको बताएका छन् ।
करिब छ बर्षअघि बिबाह बन्धनमा बाधिएका उनिहरु बेग्लाबेग्लै बस्दै आएका थिए । बोतलमा एसिड भरेर ल्याएका भुजेलले जेनीको टाउकोमा खन्याइदिएका थिए। उनको टाउको र हात जलेको छ ।
उनको ओम अस्पतालमा उपचार भइरहेकोमा त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरेर पठाइएको छ ।