प्रदेश १ मा ९ सय दरबन्दी खाली, तीन विद्येयक ल्याउने तयारी

जेठ २, काठमाडौं — प्रदेश सरकारले लोक सेवा आयोग गठन गरेर निजामती कर्मचारी भर्ना गर्न नसक्दा र संघीय सरकारले गरेको कर्मचारी समायोजन प्रभावकारी नहँुदा प्रदेश १ मा ९ सय कर्मचारीको दरबन्दी खाली रहेको छ ।
प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विद्येयक ल्याउने तयारी गरेको छ । प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विद्येयक र क्षमता विकास प्रतिष्ठान विद्येयक ल्याउने तयारी गरेको छ ।
प्रदेश १ का प्रादेशिक कार्यालयमा २ हजार ४ सय कर्मचारीको दरबन्दी मा १ हजार ५ सय मात्रै कार्यरत रहेका छन् ।