मिडिया काउन्सिल विधेयक फिर्ता लैजान काग्रेस नेता खाँणको आग्रह

बैशाख ३० काठमाडौं — मिडियालाई कस्ने गरि बनाइएको मिडिया काउन्सिल विधेयक माथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिरोध गरेको छ । काग्रेसले संसद मार्फत नै विधेयक फिर्ता लिन सरकारलाई आग्रह समेत गर्यो ।

मंगलबार सदनमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरेका छन् ।

संबिधानमा प्रेस स्वतन्त्रता सुनिश्चित हुदाहुदैं मौलिक अधिकार कुण्ठित गराउने कानुन ल्याउन खोजेको भन्दै प्रशन राखेका थिए ।