गर्मी मौषममा यसरी ख्याल राखौ आँखाको

काठमाडौं — बढ्दो प्रदूषण, विश्व तापमानको वृद्धि जस्ता कारणले गर्मी मौषममा आँखामा बिभिन्न समस्याहरु ख्ेखा पर्न सक्छन् । समस्याको पहिचान गर्न नसकेर होस या ख्याल नगरेर आँखाको दृष्टि नै गुम्न सक्छ ।

गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्न यस्ता उपाय अपनाउनुपर्छ

आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिस्यु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ।

गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने आँखामा जथाभावी औषधि नराख्ने।

आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने।

कचेरा आएमा आँखालाई हातले नछुने, आँखालाई छोइहालेमा साबुनपानीले हात धुने।

आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने, आफूखुशी औषधि प्रयोग नगर्ने।

आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्नेआँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने।

आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने।