श्रीलंकामा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमाथि रोक

वैशाख, ३० काठमाडौं – श्रीलंकाले फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमाथि अस्थायी रोक लगाएको छ ।

केही समयअघि इस्टर पर्वमा भएको बम काण्डका कारण हिंसात्मक घटना भएपछि सामाजिक सञ्जालमा समेत विवाद र भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।

श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा नियन्त्रण गरिएको अन्तर्रा्ष्ट्रिय समाचार संस्था रोयटर्स ले जनाएका भएको छ ।

श्रीलंकामा मुस्लिम समुदायका मान्छेले आफूहरुलाई सामाजिक सञ्जालबाट धम्की आइरहेको र बिभिन्न ठाउँमा हिंसात्मक घटनाहरु भइरहेकाले सरकारले यस्ता हल्लाहरु फैलिन नदिन सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ ।

भाइबर, इमो, स्न्यापच्याट, इन्स्टाग्राम, युट्युबलगायतका अन्य सामाजिक सञ्जाल पनि अर्को सूचना नआएसम्मका लागि श्रीलंका सरकार बन्द गरेको हो ।