सञ्चारमन्त्रीको कार्यक्रम प्रेस युनियनले बहिष्कार गर्ने

बैशाख ३०, काठमाडौं — लोकतान्त्रिक पत्रकारको छाता संगठन नेपाल प्रेस युनियनले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकूल बास्कोटालाई बहिष्कार गर्ने भएका छन् । युनियनले एक बिज्ञत्ती मार्फत आजका मितिदेखि देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत कार्यक्रम बहिस्कार गर्न निर्देशन दिने बताएको छ । बिज्ञप्तीमा युनियनले एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।