पेट्रोलियम पाइपलाइनका लागि पर्सामा करिब ७ हजार रुख कटान

विर वहादुर नेपाली

वैशाख ३०, बारा – पेट्रोलियम पाइपलाइन विछ्याउनको लागि ६ हजार पाँच सय ६३ वटा रुख कटान गरिएको छ ।
पेट्रोलियम पाइपलाइन बिछ्याउने काममा अबरोध उत्पन्न भएकाले भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि ६ हजार पाँच सय ६३ वटा रुख काटिएको हो ।

आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको उपस्थितिमा पर्सा निकुञ्ज कोे नौ किलोमिटर क्षेत्रमा रहेका ६ हजार पाँच सय ६३ वटा रुख काट्ने काम सुरु गरिएको छ ।

रुख कटान गरिएको निकुञ्जको नौ किलोमिटर जग्गामध्ये पाँच किलोमिटरमा पाइप बिछ्याउने काम सकिएको छ । बाँकीमा पनि वैशाखभरिमा बिछ्याइसक्ने बताइएको छ । ‘पाइपलाइनको ९० प्रतिशत काम सकिएको छ, । ६९ किमि पाइपलाइनमध्ये नेपालतर्फ पर्ने पाँच किमिमात्रै पूरा गर्न बाँकी रहेको बताइएको छ ।

यही वैशाख भरीमा पाईपलाईन विछ्याउने काम सकेपछि जेठमा परीक्षण गरिने भएको छ ।  पाइपलाइनको ३६.२० किमि नेपालमा र बाँकी ३२.८० किलोमिटर भारतीय भूमिमा पर्छ। प्रतिकिलोमिटर पाइपलाइन निर्माण गर्दा पाँच करोड भारतीय (आठ करोड नेपाली) रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।